Logo
Logo

प्रधानमन्त्रीको सम्बोधनप्रति बाबुराम भट्टराईको असन्तुष्टी


दृष्टि संवाददाता

5k
Shares

काठमाडाैं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा गरेको सम्बोधनप्रति असन्तुष्टी जनाएका छन् ।

उनले प्रधानमन्त्रीकाे प्रतिपक्षीप्रतिको अभिव्यक्तिलाई ‘जो चोर उसकै ठूलो स्वर’ भएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्रीको सम्बोधनलगत्तै सामाजिक सञ्जाल ट्वीटरमा उनले प्रधानमन्त्री ओलीलाई अति गरे, खति हुने चेतावनी समेत दिए ।

उनले प्रधानमन्त्रीको सम्बोधनलाई अवैधानिक ‘वार्षिक नीति तथा कार्यक्रम’ वाचन, त्यसभित्रका असत्य र अर्धसत्य दाबी र प्रतिपक्षी दल तथा नेतामाथि दुराशयपूर्ण कटाक्ष भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्