Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : ९ हजार कोरोना संक्रमित निको भएदेखि सुदूरपश्चिममा एमालेको कारवाहीसम्म


दृष्टि संवाददाता

693
Shares

हेडलाइन्स् :

१. कोरोनाबाट मृत्यु हुनेको संख्या सात हजार नाघ्यो, ९६ जनाको मृत्यु, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९ हजार ८ सय ४१, ६ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि, देशभर सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३ सय ९४ पुग्यो, अमेरिका र चीनबाट एक करोड डोज खोप खरिद गर्ने तयारी, भारतसँग १७ लाख डोज खोप माग ।

२. बिहीबार राति भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत बिरामीको मृत्यु भएको घटनामा संलग्नलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य प्रारम्भ भएको गृहमन्त्रालयको भनाइ, घटनाको सत्यतथ्य छानबिनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको मन्त्रालयद्वारा जानकारी, सबै जिल्ला प्रशासनलाई चिकित्सकको सुरक्षा गर्न गृहको परिपत्र, कांग्रेस र माओवादीद्वारा घटनामा संलग्नलाई कारवाही गर्न माग, तीन जनाविरुद्ध किटानी जाहेरी, अदालतबाट अनुसन्धानका लागि ५ दिनको म्याद लिइयो ।

३. अघोषित नीति तथा कार्यक्रम जस्तै गरी प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन, चुनावका लागि सबै दललाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आह्वान, दलिय प्रणालीमा दलको अनुसासन भन्दा बाहिर गएर नीतिहिन गठबन्धन बनाई त्यसकै माध्यमबाट सरकारको नेतृत्वमा जान खोज्नु अराजनीतिक झेली काम भएको आरोप, पहिलो डोज खोप लगाएकाहरुलाई सरकारले कुनै पनि हालतमा दोस्रो डोज खोप दिने प्रतिबद्धता, सरकारले विकासका गतिमा ठूलो परिवर्तन ल्याएको भनाइ ।

४. संवैधानिक इजलासमा रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद भएपछि प्रतिनिधिसभा विघटन र धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटमाथिको सुनुवाइ स्थगित, नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर गोविन्द बन्दी लगायतका कानुन व्यवसायीले आपत्ति जनाएपछि इजलासमा विवाद, विवादकै बीच शम्भु थापा, रमण श्रेष्ठ, टिकाराम भट्टराईलगायतका वरिष्ठ अधिवक्ताहरु बन्दीको भनाइको पक्षमा उभिएपछि प्रधानन्यायाधिशद्वारा सुनुवाई आइतबारसम्मका लागि स्थगित ।

५. विगतमा पनि सर्वोच्च अदालतमा संसद विघटनविरुद्धको मुद्दामा सुनुवाइ भइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वक्तव्य निकालेका चार पूर्वप्रधानन्यायाधीशले संवैधानिक इजलासमा सुनुवाइ शुरु भएकै दिन निकाले संयुक्त वक्तव्य, पटक–पटक प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेका प्रधानमन्त्री निरन्तर पदमा रही रहनु संविधान, प्रजातन्त्र विवेक कुनै पनि कुराले नदिने दावी, कानूनको सर्वोच्चको सिद्धान्त नमान्ने र कानून प्रभावहीन हुने गम्भीर स्थिति खडा भएको तर्क ।

६. खिमलाल देवकोटाले लिए राष्ट्रियसभा सदस्यको रूपमा सपथ ग्रहण, संविधानलाई मास्ने षड्यन्त्र भइरहेकाले त्यसलाई बचाउने र सही दिशामा ल्याउन भूमिका खेल्ने देवकोटाको दावी, सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गर्दै संविधानलाई सही दिशामा ल्याउनका लागि प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको तर्क ।

७. नेकपा एमाले, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतक तारा लामा तामाङलाई हटाए, सभामुखलाई पत्र पठाउँदै लामालाई अन्य जिम्मेवारी प्रदान गर्नुपर्ने भएकाले प्रमुख सचेतकको जिम्मेबारीबाट मुक्त गरिएको जानकारी, लालबहादुर खड्कालाई प्रमुख सचेतक र दुर्गाकुमारी कामीलाई सचेतक नियुक्त गरेको सूचना पनि सभामुखलाई दिइयो, पार्टीको निर्णय उल्लंघन गरेको भन्दै नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी कारवाही ।

८. आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल हुने, चालुमा ४.०१ मा रहने भनिएकोमा अब आर्थिक वृद्धिदर चूनौतीपूर्ण रहेको अर्थमन्त्री पौडेलको भनाइ, सरकारले करिब ५ हजार उद्योगी व्यावसायीलाई कारोबारका आधारमा कर छुट दिने, आगामी बजेटमा राष्ट्र ऋण सीमा २ खर्ब ४० अर्ब, ऋण अनुपात जीडीपीको ३६ प्रतिशत नाघ्दै, सोलुमा ४५ मेगावाटका मध्य–होंगुखोला ’ए’ र ’बी’ जलविद्युत आयोजनाले मागे निर्माण अनुमति ।

९. जापानमा हुने टोकियो ओलम्पिकका लागि नेपालकी सुटिङ खेलाडी कल्पना परियारले शुक्रबार वाइल्ड कार्ड प्राप्त, नेपालको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिकमा सहभागी हुने निश्चित, कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने, एसियन च्याम्पियनसिपका लागि तयारीका लागि राष्ट्रिय महिला भलिबल टोलीको ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा ।

१०.र, मध्यपूर्वको द्वन्द्वग्रस्त मुलुक सिरियामा बसर अल असद फेरि राष्ट्रपति चुनिए, निर्वाचनमा असदले ९५ दशमलव १ प्रतिशत मत ल्याएकोे निर्वाचन आयोगको भनाइ, विश्वमा एकैदिन ११ हजार बढीको मृत्यु, अमेरिकामा कोरोना संक्रमित संख्या ३ करोड ३० लाख ९९ हजार नाघ्यो, फाइजरको खोप चाडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास, कोरोना भाइरसको उत्पत्तिको विषयलाई लिएर अमेरिका र चीनको सम्बन्ध फेरी चिसियो ।

प्रतिक्रिया दिनुहोस्