काठमाडौं । बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद बैठक बस्दै छ । एक मन्त्रीका अनुसार मन्त्रिपरिषद बैठक बिहान ११ बजे बोलाइएको हो ।
मन्त्रिपरिषद बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्ने बताइएको छ । राष्ट्रपति स्वीकृति प्रदान गरेपछि अपराह्न चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । पूर्ण आकारको बजेट ल्याउने सरकारको तयारी छ ।
प्रतिनिधिसभा विघटन भएको र जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको सरकारले जनाएको छ । यस वर्षको बजेट स्वास्थ्य क्षेत्र केन्द्रित हुने यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
यो पनि पढ्नुस्