Logo
Logo

बजेटको निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै, कर्मचारीको तलब र बृद्धभत्ता बढ्ने


दृष्टि संवाददाता

14k
Shares


काठमाडौं । सरकारले आज चार बजे अध्यादेशमार्फत बजेट सार्वजनिक गर्ने भएको छ । बजेटको निर्णयका लागि मन्त्रिपरिषद् बैठक बस्दै छ ।


यसपटकको बजेट कोरोना महामारी नियन्त्रणमा केन्द्रीत हुने बताइएपनि केही लोकप्रिय कार्यक्रम समेत राख्न लागिएको छ । चुनाव घोषणा भएकाले देशको प्राथमिकता भन्दा सस्तो लोकप्रियताका कार्यक्रम पनि राख्न लागिएको छ ।


एक मन्त्रीका अनुसार यसपटक थोरै भएपनि बृद्धभत्ता बढ्ने छ । साथै कर्मचारीको पनि महंगी भत्ता बढाउने तयारी छ । तलब बढाउन गाह्रो हुने भएपछि महंगी भत्ता बढाउन लागिएको हो । प्रहरी कर्मचारीको राशनभत्ता भने बढ्ने नबढ्ने निश्चित छैन ।

संसद नभएकोले यसपटक अध्यादेशमार्फत बजेट ल्याइँदैछ। यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक डाकेका छन्। मन्त्रिपरिषद्को बैठकले अध्यादेशको रुपमा बजेट ल्याउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्नेछ।

राष्ट्रपतिले स्विकृति प्रदान गरेपछि अर्थमन्त्रीले बजेट भाषण प्रस्तुत गर्नेछन्। जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता रहेको छ। बजेटमा २ खर्ब ४० अर्ब आन्तरिक राष्ट्र ऋण उठाउने भएको छ।

प्रतिक्रिया दिनुहोस्