Logo
Logo

थापाको सहयोगमा ‘गोफन्डमी’मार्फत ५२ लाख बढी उठ्यो


दृष्टि संवाददाता

4.4k
Shares

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्वल थापाको परिवारले मेडिकल व्यवसायी दुर्गा प्रसाइँको सहयोग आवश्यक नरहेको जनाएको छ ।

कोरोना संक्रमणपछि हाल नेपाल मेडिसिटी अस्पतालमा उपचाररत थापाको परिवार शनिबार विज्ञप्ति जारी गर्दै प्रसाइँको सहयोग अस्वीकार गरेको हो । यसअघि थापाको उपचारका लाग्ने सबै खर्च आफूले बेहोर्ने प्रसाइँले बताएका थिए । प्रसाइँको सद्भावप्रति विवेकशील साझा पार्टी धन्यवाद व्यक्त गरेको छ ।

थापाको उपचारका लागि उनका साथी तथा शुभचिन्तकले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेका छन् । गोफण्डमीमार्फत आर्थिक सहयोग जुटिरहेकाले प्रसाइँको सहयोग आवश्यक नभएको हो ।

विवेकशील साझा पाटीका संयोजक रविन्द्र मिश्रका अनुसार उक्त गोफन्डमीमा खातामा अमेरिकी डलर २२,२९१ (नेपाली २५,८५,७५६ रुपैयाँ) र नेपालमा बैंक खातामा करिब रु २६,५०,००० गरी ५२,५३,७५६ रुपैयाँ जम्मा भएको छ । संयोजक मिश्रले यो सामाजिक सञ्जाल फेसबुकमा मात्र जानकारी गराएका हुन् ।

विवेकशीलका संयोजक रविन्द्र मिश्रको फेशबुकबाट

दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँको सहयोग आवश्यक नपर्ने जानकारी।
नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्न भूमिका खेलेका विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापा करिब दुई हप्तादेखि कोरोना संक्रमित भई अस्पतालमा उपचार गराइरहनु भएको तपाईंहरूलाई अवगतै छ ।

यस क्रममा अहिले नेपाल मेडिसिटी अस्पतालमा भ्ऋःइ प्रविधिबाट उहाँको उपचार भैरहेको जानकारी गराउन चाहन्छौँ ।
चिकित्सकहरूको सल्लाहमा उज्वललाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा उहाँका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेको पनि विदितै छ।

यस क्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको छ । त्यस खातामा सहयोग गर्ने उज्वलका साथी, शुभेच्छुक तथा आफन्तजन सबैप्रति हामी कृतज्ञ छौँ र तपाईंहरूले व्यक्त गर्नुभएको सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ। उज्वलको स्वास्थ्यप्रति तपाईंहरूको साथले हामीलाई आड भरोसा मिलेको छ।

सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी श्री दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकासनरप्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ । हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ ।

उज्वल थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट,
२०७८ जेठ १५ गते

प्रतिक्रिया दिनुहोस्