Logo
Logo

जम्मु काश्मिरमा तीन प्रहरी जवानको हत्या


- दृष्टि न्युज/संवाददाता

0
Shares

उधमपुर, ७ चैत (एएनआई) । भारत नियन्त्रित जम्मु–काश्मिरमा खटिएका तीन जना सशस्त्र फौज (सिआरपिएफ)का जवानको आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु भएको छ ।
साथीलाई गोली हान्ने जवानले पनि आफैंले आफूमाथि गोली चलाएका थिए । उनको अवस्था गम्भीर रहेको बताइएको छ । सिआरपिएफका कमान्डर हरिन्दर कुमारले घटनाको पुष्टी गर्दै घटनाको मुख्य कारण पहिल्याउने प्रयास भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्