Logo
Logo
सन्दर्भ : विश्व धुम्रपानरहित दिवस

नेपाल अर्बुद रोग निवारण संस्था : एक परिचय


हरि गोपाल प्रधान

4.5k
Shares

काठमाडौं । आज विश्व धुम्रपान तथा सुर्तीरहित दिवस नेपालमा पनि मनाइएको छ । धम्रपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्धेश्यले विश्व स्वास्थ्य संगठनको अह्वानमा मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

विश्वमा हरेक ८ सेकेन्डमा सुर्ती खाने एक जनाको ज्यान जाने गरेको पाइएको छ । नेपालमा भने बर्सेनि सुर्तीजन्य पदार्थकै कारण २५ हजारभन्दा धेरै मानिसको ज्यान जाने गरेको सरकारी तथ्याङ्क छ । चुरोट सुर्तीले, खानेलाई मात्र नभएर यसको आसपासमा बस्नेलाई समेत असर गर्ने डाक्टरले बताउने गरेका छन् । धुम्रपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाल अर्बुद रोग निवारण संस्था : एक परिचय

जनमानसमा चेतना अभिबृद्धि गर्ने तथा यसका लक्षण र रोगको रोकथाम गर्ने उद्देश्यले २०३९ साल, भाद्र ३१ गते तत्कालिन शाहज्यादी जयन्तीशाह सरकारको अध्यक्षतामा स्थापना भएको नेपाल अर्बुद रोग निवारण संस्थाले आफ्नो ३९ वर्षको अवधिमा उल्लेखनीय उपलब्धि हासिल गरको छ ।

नेपालमा समाजसेवाको औपचारिक इतिहास केलाउँदा हामीले विक्रम सम्वत १९९० साल माघ २ गते (सोमबार) गएको विनाशकारी महाभूकम्पपछिको घटनासम्म पुग्नुपर्छ । र, ‘परोपकार संस्था’को स्थापना भएदेखिका सामाजिक कार्यहरू हेर्नुपर्छ । विभिन्न चरणहरू पार गरेर अनिविभिन्न कष्टहरू झेलेर समाजसेवीहरूले अझसम्म आफूलाई राष्ट्र र जनताको सेवामा समर्पण गरिरहेका छन् । उनीहरू अर्बुदजस्तो डरलाग्दो रोगको नियन्त्रणका लागि समेत क्रियाशील छन् ।

अर्बुद (क्यान्सर) रोग जस्तो भयावह रोग विरुद्धको लडाईमा एउटा अगुवाई संस्थाको रुपमा विगत ३९ वर्ष देखि विभिन्न ४२ जिल्ला शाखाहरुलाई एउटै छातामुनी राखी यस रोग विरुद्धको अभियानमा समर्पित रहेको यस संस्थाले विभिन्न अन्य संस्थाहरु नेपाल सरकार, स्थानिय निकाय, विदेशी तथा स्वदेशी संघ, संस्थाहरु र नीजी क्षेत्रसँग सहकार्य गर्दै आफ्नो उद्देश्य प्राप्ति प्रति अग्रसर रहँदै आएको छ ।

शुरुका दिनहरुमा नेपाल जस्तो गरिव मुलुकको लागि क्यान्सर रोगको उपचार सर्वसाधारण को पहुँचभन्दा बाहिरको कुरा थियो । यसको उपचार अत्यन्त महँगो हुने भएकोले केही प्रतिशत व्यक्तिहरुले मात्र विदेशमा गई उपचार गदर्थे । उपचारात्मक क्षेत्रतर्फ यस्तो स्थिति थियो भने प्रतिकारात्मक स्थिति करिव शून्य नै थियो । अहिले स्थिति यस्तो छैन ।

हाल संस्थाका सम्पूर्ण जिल्ला शाखाहरु जनचेतना जगाउनका लागि परेका छन् भने संस्थाद्वारा संचालित भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर रोगीहरुले सर्वसुलभ तरिकाले उपचार पाईरहेको छन् । हरिसिद्दिमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र अन्य हस्पिटलहरुमा पनि क्यान्सर विरामीहरुले उपचार गरिरहेका छन् ।

यस संस्थाले आफ्नो कार्य क्षेत्रलाई प्रतिकारात्मक र उपचारात्मक दुवै क्षेत्रलाई समान रुपमा अगाडि सारेको छ । प्रतिकारात्मक क्षेत्रको मुख्य कडी नै व्यापक रुपमा जनचेतना जगाउनु हो । तसर्थ, संस्थाले विभिन्न समयमा क्यान्सर रोगबारे परिचयात्मक कार्यक्रमहरु विभिन्न स्कूलहरु, समुदायहरु, पत्रकारहरु, कलाकारहरु, शिक्षकहरु माझ गर्दै आइरहेको छ भने आजका दिन धुम्रपान रहित दिवसको उपलक्ष्यमा धुम्रपान विरुद्धको ¥याली आयोजना तथा पोष्टर, पम्पलेट, स्मारिका तथा विभिन्न प्रकारका क्यान्सर समाचारहरु, प्रकाशन गरी व्यापक रुपमा केन्द्र शाखाले प्रचार प्रसार गर्दै नै आइरहेको छ ।

साथै क्यान्सर रोगबारेको प्रयास नामक एक बृत्तचित्रतयार पारी यहाँ सामू प्रस्तुत गरिसकेको छ । उक्त बृत्तचित्र नेपाल टेलिभिजनमा प्रसारण समेत गरेको थियो भने अन्य टेलिभिजनहरुमा समेत प्रसारण गर्ने पहल भैरहेको छ ।

विश्वमा क्यान्सर रोगबाट करिव ४० लाख मानिसहरुको मृत्यु हुने गरेको छ । सो रोगलाई रोकथाम गर्न सकिने विभिन्न क्यान्सर रोगहरुको मुख्यकारक तत्वको रुपमा रहेको सुर्तीजन्य पदार्थ विरुद्ध सशक्त कार्यक्रमहरु संचालन गर्दै आएको छ । विश्वमा भैरहेको वर्षेनी ३२ लाख व्यक्तिहरुको मृत्युको कारण रहेको सुर्तीजन्य पदार्थ नेपाली समाजबाट विस्थापित गर्नका लागि विश्व ध्रुमपानरहित दिवसको अवसर पारेर सोही दिनदेखि संचालनमा ल्याएको NCRS, Tobacco Quitline Phone 5202666 मार्फत ध्रुम्रपान त्याग्न चाहनेहरुको लागि निःशुल्क टेलिफोन परामर्श सेवा नेपाल अर्बुद रोग निवारण संस्थाबाट संचालन गरेको छ ।

नेपालमा सूर्तीजन्य पदार्थको प्रयोगका कारणले गर्दा करिब वर्षेनी २८ हजार मानिसहरुको मृत्यु हुन्छ भने क्यान्सर रोग सम्वन्धि २०औँ अर्ब आर्थिक क्षति भैरहेको छ । विश्व तथ्यांकअनुसार विविध रोगबाट संसारभर वार्षिक ५० लाख व्यक्तिहरुको मृत्यु भएका छन् ।

सूर्तिजन्य पदार्थ, अल्कोहल र क्यान्सरभन्दा कोरोना (कोभिड १९) लाग्ने व्यक्तिको अन्य विरामीहरुको अनुपातमा मृत्यु संख्या कम नै रहेको छ । यसको मतलव कोरोना लाग्ने विरामीलाई राम्रोसँग उपचार नगर्नु भने मेरो मनसाय चाहीँ होइन । यो एक सरुवा रोग भएकाले मात्र महामारीको रुपमा सजिलै फैलिएर आफ्नो प्रकोप देखाइरहेको छ । कोरोना कोभिड १९ तत्काल निर्मूल हुनेवाला छैन ।

क्यान्सर, एडस र टि.वि. (सरुवा रोग) पनि धेरै वर्षपछि औषधि निस्केको थियो । हाल कोरोनाको पनि विभिन्न भ्याक्सिन तथा आयुवेर्दिक औषधीहरु उत्पादन भैरहेका छन् । अबुर्द रोग सरुवा रोग नभएकाले लागेकाहरुमा डर त्रासरहित भई त्यसको त्रासदी नदेखिएको अवस्थामा छन् ।

कोरोना जस्तै धेरै वर्ष अगाडि स्पेशिस फ्लू पनि अठारौं शताब्दीमा फैलिएको थियो । जुन स्वतः निमुर्लन भयो । कोरोना रोगको उदगमस्थल चीनको वुहान शहरबाट विस्तारै फैलिदैं सम्पूर्ण विश्वलाई त्राहीमान पारेको यस रोग सर्वप्रथम नेपालमा न्युन थियो । तर, यसको दोश्रो लहरसँगै विदेशस्थित नेपालीहरु नेपालमा प्रवेश भएयता संक्रमण फैलिदै नेपालमा पनि मृत्युदर बढिरहेको छ ।

यसकारण सरकारको एक्लो प्रयासबाट मात्र यसको रोकथान सम्भव नभएकोले कडा निषेधाज्ञा पालनाको लागि जनता स्वयं जागरुक भइ संक्रमण रोकथाम र फैलिनुबाट बच्न बचाउन जनचेतनाको बृद्धि गर्नु अत्यावश्यक भैसकेको छ । रोग लागेका व्यक्तिहरुको लागि सरकार मार्फत वा नीजि क्षेत्रले जतिसक्दो सहयोग गर्नुपर्दछ ।

यस नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय पूव अध्यक्षहरुको पहलबाट अमेरिकन क्यान्सर सोसाइटीले यस अर्बुद निवारण संस्थाको कार्यक्रमको लागि सहयोग गरिरहेको साथै विभिन्न अन्तर्राष्ट्रिय संघ÷संस्थाबाट निरन्तर सहयोग पु¥याउने ढृढता र समुचित प्रयासको प्रतिफल स्वरुप नै संस्था आज यो अवस्थामा आइपुगेको भन्दा अन्यथा नहोला, यसको श्रेय संस्थाका पूर्व केन्द्रीय अध्यक्ष श्री दिवाकर राजकर्णिकार एवं वर्तमान केन्द्रीय व्यवस्थापनलाई दिनैपर्छ ।

नेपालमा (आईएनजिओ, एनजिओ) स्वास्थ्य सम्बन्धमा संघसंस्थाहरु अहिले कहाँ छन ? सरकारले ती संस्थाहरुसँग सहकार्य गरी अहिलेको सन्दर्भमा महामारीको रुपमा फैलिरहेको कोरोना सरुवा रोगबारे गाउँ गाउँमा गएर जनचेतनासम्वन्धी प्रचारप्रसार गरी यसलाई हलुका रुपमा लिने वेवास्ता नगर्न सरकारले कडा कदम चाल्नुप¥यो ।

कोरोना (कोभिड–१९) सरुवा रोग धेरै धुम्रपानगर्ने व्यक्तिहरुलाई बढी संक्रमण देखिएकोले तत्कालिन केहीमहिनाको लागि चुरोट, खैनीजस्ता सुर्तिजन्य पदार्थ तुरुन्त नेपाल अधिराज्यभर विक्री बन्द गर्नुपर्दछ ।

(लेखक स्वतन्त्र पत्रकार हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्