Logo
Logo

खोप भण्डारण गृह तयार


दृष्टि संवाददाता

252
Shares

काठमाडौं । देशभर आठवटा खोप भण्डारण गृह तयार भएका छन् । खोप भण्डार गर्न सबै खालका पूर्वाधारसहित भण्डारण गृह तयार भएको हो । सबै नेपालीलाई सहज र सरल किसिमले कोरोनाविरुद्धको खोप उपलब्ध गराउने उद्देश्यसहित सातवटै प्रदेश र केन्द्रमा गरी आठवटा खोप भण्डारण गृह निर्माण भएको छ ।

सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको स्वास्थ्य भवन शाखा प्रमुख सुरोज पौडेलले कोरोनाविरुद्धको खोप शीघ्र उपलब्ध गराउन भण्डारण गृह तयार गरिएको जानकारी दिनुभयो । खोपको सुरक्षित एवं उचित व्यवस्थापन महìवपूर्ण हुने भएकाले भण्डारण गृह तयार पारिएको जानकारी उहाँले दिनुभयो ।

उहाँका अनुसार केन्द्रीय खोप भण्डारण गृह बाराको पथलैयामा, प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुरधामस्थित मुजेलिया, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवलस्थित तामनगर, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा निर्माण गरिएको हो ।

प्रमुख पौडेलले भन्नुभयो, “हरेक खोप केन्द्रमा बाहिरी फ्रेमका रूपमा तीनवटा कम्पार्टमेन्ट निर्माण गरिएको छस जसमा बाहिरबाट खरिद गरी ल्याइएको ‘वाचिङ कुलर’ राखिन्छ । ‘वाचिङ कुलर’मै खोप भण्डारण गरिन्छ ।” तत्काल कोरोनाविरुद्धका खोप भण्डारण गरिए पनि पछि सबै प्रकारका खोपको भण्डारण गरिनेछ । पछि सबै प्रकारका खोप थप सहज रूपमा उपलब्ध गराइने जानकारी उहाँले दिनुभयो ।

पौडेलका अनुसार एउटा केन्द्रको एक करोड २० लाख रुपियाँ लागत पर्ने गरी कुल नौ करोड ६० लाख रुपियाँमा निर्माण कार्य सम्पन्न भएको हो । सम्बन्धित प्रदेशहरूका लागि आवश्यक खोप प्रदेशअन्तर्गतको भण्डारण गृहमा राखिने तथा बाँकी खोप केन्द्रीय भण्डारण गृहमा राख्ने योजना छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्