Logo
Logo
लुम्बिनीको नीति तथा कार्यक्रम

प्रदेश कर्मचारीलाई छुट्टै अस्पताल, छोराछोरीलाई छुट्टै विद्यालय


दृष्टि संवाददाता

0
Shares

बुटवल । लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीहरुका छोराछोरीका लागि प्रदेश सरकारले छुट्टै निजामती विद्यालयको व्यवस्था मिलाउने भएको छ । मंगलबार प्रदेश सभामा आगामी बर्षको नीति  तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशमा कार्यरत कर्मचारीका छोराछोरीले अध्ययन गर्नका लागि निजामती विद्यालयको व्यवस्था मिलाइने बताएका हुन् । 

यस्तै कर्मचारीको स्वास्थ्योपचारको लागि प्रदेश राजधानीमा निजामती कर्मचारी अस्पतालको पनि व्यवस्था गरिने बताएका छन् । नीति कार्यक्रम वाचन गर्दै उनले भने-‘राष्ट्रसेवक कर्मचारीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेशमा कार्यरत कर्मचारीहरूका लागि प्रदेश राजधानीमा निजामती कर्मचारी अस्पताल, कर्मचारीका छोराछोरीले अध्ययन गर्नका लागि निजामती विद्यालय एवम् कर्मचारी आवासको व्यवस्था मिलाइनेछ ।’ 

प्रदेशले स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणमा नीति तथा कार्यक्रम केन्द्रित गरेकाे छ । कार्यक्रममा कोभिड–१९ बाट प्रभावित क्षेत्रका लागि सुलभ कर्जा, ब्याजमा अनुदानदेखि उत्पादनमुखी कार्यक्रम र उद्योग स्थापनालाई पनि प्राथमिकतामा राखिएको छ ।

कोभिडको उपचार र व्यवस्थापनका लागि पूर्वाधार निर्माण, औषधि, उपकरण र जनशक्ति व्यवस्थापन कार्य पनि प्राथमिकतामा छ । कृषि, शिक्षा, पूर्वाधार निर्माण, पर्यटन प्रवर्द्धनलगायतका क्षेत्रमा भने अधिकांस कार्यक्रम दोहोरिएका छन् । नयाँ कार्यक्रम र नयाँ योजनालाई सरकारले न्यून प्राथमिकता दिएको छ ।

सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ :