काठमाडौं । विपक्षी गठबन्धनको छलफल सुरु भएको छ । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक लगत्तै उनीसहित विपक्षी गठबन्धनका शीर्ष नेताहरूबीच छलफल सुरु भएको हो ।
छलफलमा सर्वदलीय बैठकको निष्कर्षपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित रहने बुझिएको छ । शुक्रबारको सर्वदलीय बैठकमा लोकतन्त्र र संविधानको रक्षा गर्न दलहरू एक हुनुपर्ने निष्कर्ष निकालेको थियो ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई, राप्रपाका बोहरा, नेमकिपाबाट प्रेम सुवाललगायतका नेताहरू सहभागी थिए ।