कैलाली । जिल्लाको दुर्गम पहाडी मोहन्याल गाउँपालिकामा खानेपानीको चरम अभाव भएको छ । गर्मी मौसममा खानेपानीका मुहानहरु सुक्दै गएपछि शुद्ध पिउने पानीको चरम अभाव भएको हो ।
गाउँपालिकाको वडा नम्बर ७ मा शुद्ध पिउने पानीको समस्या भएको स्थानीयहरु बताउँछन् । स्थानीयका अनुसार खानेपानीका मुहानहरु सुक्दै गएपछि धाराहरुमा पानी आउन बन्द भएको हो ।
अहिले मोहन्याल गाउँपलिकाका वडा नम्बर ७ को डङ्डंगे र कसेनीबासीहरु खानेपानीको चरम समस्या भोक्नु गरेको दुखेसो पोख्छन् ।
एक सय घरधुरी रहेको डङ्डंगे र कसेनीबासीहरुले खानेपानीको समस्या भोक्दै आएपनि सरोकारवाला निकायको ध्यान नजाँदा उनीहरु खोलाको फोहोर पानी पिउन बाध्य भएका छन् ।
धारामा पानी आउन छोडेपछि खोलाको फोहर पानी ल्याउनको लागि पनि एक दुई घण्टा जति हिंडेर जानुपर्ने बाध्यता रहेको दुखेसो सुनाउँदै मोहन्याल गाउँपालिका ७ डङ्डुंगेका भक्तबहादुर शाहीले गर्मी मौसम शुरु भएपछि हामीहरुले वषौंदेखि खानेपानीको समस्या झेल्दै आएको बताए । उनले भने, ‘गर्मीयाम सुरु भएपछि हामीहरुले गाईगोरुले पिउने खोलाको दुषित पानी पिउन बाध्य भएका छौं । ’
उनले खानेपानीको समस्या भएको स्थानीय सरकारलाई पटक पटक जानकारी गराउँदा पनि कुनै पहल नहुँदा वषौंदेखि दुषित पानी पिउँदै आएको दुःख व्यक्त गरे ।
मोहन्यालवासीलाई पानीको चिन्ताले भन्दापनि दुषित पानी पिउँदा कतै छोराछोरीलाई रोगले समात्ने होकी भन्ने डर बढ्दै गएको छ । स्वास्थ्य सुरक्षको पहुँच नपुगेको उक्त वडाबासीहरु वषौंदेखि डराइडराइ खोलाको दुषित पानी पिउन बाध्य भएका छन् ।
त्यस्तै खानेपानीको समस्या भोक्दै आएका कसेनीका नविन शाहीले हाम्रो लागि त सरकार छकी छैन भन्ने कुनै महसुस गर्न नपाएको बताए ।
खानेपानीको समस्या भोक्दै आएका उनीहरु शिक्षा क्षेत्रबाट पनि बञ्चित हुनुपरेको छ । एक सय घरधुरी रहेको कसेनी र डङडंगेबासी शिक्षा क्षेत्रबाट पनि बञ्चित भएका छन ।
खानेपानीको चरम समस्या भोक्दै आएका मोहन्यालबासीका स्कुले उमेरका बालबालिकालाई स्कुल भनेको केहो भन्नेनै थाहनै नभएको गुनासो स्थानीय गोविन्द शाही गरे ।
जिल्लाको दुर्गम गाउँपालिका मोहन्यालकाबसीहरुले आधारभूत आवश्यकताबाट पनि बञ्चित हुनुपरेको छ । कसेनी र डङडंगेका ५० जना बालबालिकाहरु शिक्षा क्षेत्रबाट बञ्चित भएका छन् ।