पोखरा । गण्डकी प्रदेश सांसद राजिव गुरुङ (दीपक मनाङे)ले गृहमन्त्रीमा दाबी गरेका छन् । कांग्रेस र माओवादी गठबन्धनका नेताहरुसँग छलफलमा उनले आफूलाई गृह वा अर्थ तथा योजना मन्त्री चाहिने बताएका हुन् ।
अरु मन्त्रालयमा बसेर काम गर्न नसकिने रहेछ भन्दै मनाङेले प्रहरी प्रशासन चलाउन गृहमन्त्री हुन चाहेको बताए । उनले भने, ‘मलाई गृह भएन भने अर्थ मन्त्रालय चाहिन्छ ।’
गण्डकी प्रदेश प्रमुख सीता पौडेलले दिएको समय आज ३ बजे सकिएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने भएका छन् ।
नेपालीलाई मुख्यमन्त्री बन्नका लागि मनाङेको समर्थन निर्णायक बनेको छ । उनले पृथ्वीसुब्बा गुरुङको सरकारमा युव खेलकुद मन्त्रालय पाएका थिए ।