पोखरा । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीका लागि नक्कली दावी पेश गरेको भन्दै विपक्षी गठबन्धनले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्री दाबीमा समर्थन गरेका गण्डकी प्रदेशका बहुमत प्रदेशसभा सदस्य प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिन पुगेका हुन् ।
काम चलाउ सरकारका मुख्यमन्त्री गुरुङले जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्ष र पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेपछि बिपक्षी गठबन्ध धर्नामा बसेका हुन् ।
संघीय सरकारमा बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री दावी गरेका शेरबहादुर देउवाको दावी राष्ट्रपतिले अस्वीकार गरे जस्तै गण्डकीमा पनि हुनसक्ने भन्दै विपक्षी गठबन्धन धर्ना दिन पुगेका हुन् ।