काठमाडौं । शीतल निवासकै षड्यन्त्र पोखरामा दोहोरीन लागेको भन्दै नेपाली कांग्रेसले खबरदारी गरेको छ ।
बहुमत सांसदसहित गण्डकी प्रदेशको मुख्मन्त्री दावी गरेका कृष्णचन्द्र पोखरेल नेपालीलाई नियुक्त नगरेर प्रदेश प्रमुखले शीतल निवासको जस्तै षड्यन्त्र गर्न खोजेको भन्दै खबरदारी गरेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै संविधानअनुसार बहुमतसहित मुख्यमन्त्री दावी गरेका पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेका छन् ।
दुई दिन अगाडि विश्वासको मत गुमाएका पृथ्वीसुब्बा गुरुङले पुनः मुख्यमन्त्री दावी गर्नु षड्यन्त्र रहेको विज्ञप्तिमा उल्लेख छ ।