Logo
Logo

श्रीमानले छ्यापे श्रीमतीमाथि एसिड


दृष्टि संवाददाता

693
Shares

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिलामाथि आफ्नै श्रीमानबाट एसिड प्रहार भएको छ । प्रहरीका अनुसार चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कि ३८ वर्षीया दीपिका विकमाथि एसिड प्रहार भएको हो ।

शनिबार साँझ घरायसी विवादमा दीपिकालाई उनकै श्रीमान दीपकले एसिड प्रहार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी लिलाराज लामिछाने बताए ।

प्रहरीका अनुसार दीपिकाको बायाँ हात र पेटमा एसिड परेको छ । उनको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । दीपिकाको शरीरको करिब १८ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।

पीडित महिलाका अनुसार शनिबार साँझ ६ बजेतिर विवाद हुँदा उनका श्रीमान घरबाट बाहिर निस्किएका थिए । बोतलमा केही चिज ल्याएर छ्याप्न खोज्दा आफूले खोस्ने क्रममा हात र पेटमा परेको दीपिकाले बताएकी छन् ।

प्रहरीका अनुसार चन्द्रपुरमा सुनचाँदी गहना पसल सञ्चालन गरेका विकले सोही पसलबाट एसिड लगेर श्रीमतीलाई प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको हो । ४२ वर्षीय दीपकलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि आवश्यक अनुसन्धान पछि कानून बमोजिमको कारबाही हुने डीएसपी लामिछाने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्