Logo
Logo

कांग्रेस महाधिवेशनको प्रस्तावित कार्यतालिका यस्तो छ


दृष्टि संवाददाता

819
Shares

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशन एक साता पर धकेल्ने प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय भएको छ । शनिबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको हो ।

कांग्रेसले यो प्रस्तावबारे छलफल गर्न बिहीबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । सम्भवत उक्त बैठकले यो प्रस्ताव अनुमोदन गर्ने बुझिएको छ । कोरोना महामारीले क्रियाशील सदस्ता वितरण तथा नवीकरणका काम नसकिनुलाई समयमै महाधिवेशन गर्न कठिनाइ हुने कांग्रेसले निष्कर्ष निकालेको छ ।

कांग्रेसले कोरोना महामारीबीच नै महाधिवेशन गर्ने तयारी गरेको हो । असार २० गतेभित्र क्रियाशील बारेका बिबाद हेरेर केन्द्रीय सभापतिलाई विवरण बुझाउनुपर्ने प्रस्ताव छ । यस्तै सभापतिले उक्त विवरण हेरेर हस्ताक्षर गरी केन्द्रीय निर्वाचन समितिलाई क्रियाशील बुझाउने समय असार २४ का लागि प्रस्ताव गरिएका छन् ।

कांग्रेसले असार पहिलो साता वडा अधिवेशन गर्ने भनेको थियो । तर क्रियाशील वितरण नै नसकिएकोले करिब एक महिना अधिवेशन धकलिएको छ ।

अधिवेशन गर्ने प्रस्तावित कार्यतालिका

गाउँरनगर वडा अधिवेशन : २०७८ साउन ६ गते।

गाउँरनगरपालिका अधिवेशन : साउन ११ गते।

प्रदेश सभा क्षेत्रीय अधिवेशनः साउन १६ गते।

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनः साउन २० गते।

एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनः साउन २४ गते।

प्रदेश अधिवेशनः भदौ १ र २ गते।

केन्द्रीय महाधिवशेनः भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा।

यो पनि पढ्नुुस्

प्रतिक्रिया दिनुहोस्