काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पोखराका सातै वटा रोटरी क्लबहरु एकैसाथ अभियानमा लागेका छन् ।
रोटरी क्लब पोखराको आफ्नो २३औँ बार्षिक उत्सवको अवसरमा नेपालका विभिन्न सरकारी अस्पताल, स्वास्थ्य चौकीहरु तथा कोभिड सेन्टरहरुलाई विभिन्न रोटरी क्लबहरुमार्फत १२० अक्सिजन कन्सेनटे्ेटेर र २०० थान अक्सिजन सिलिन्डर, मास्क, थर्मल गन र स्वास्थ्य सागग्रीहरु पोखरा र काठमाडौंमा एकैदिन वितरण गरेको छ ।
पोखरामा मेयर मानबहादुर जिसीको प्रमुख आतिथ्यमा र काठमाडौं मा पूर्वगभर्नर तिर्थमान शाक्यको उपस्थितिमा ती स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
रोटरी डिष्ट्रिक ३५२३ र काओ झोड्गँझी फाउण्डेसन र डिष्ट्रिक ६२५० युएस, ७०८० क्यानाडा, अकिता नर्थ जापान र सिमोडाटे डि.२८२० सनसाईन हवाई रोटरीको सहकार्यमा ती वितरण गरिएको हो ।
यस्तै, सोही अवसरमा पोखरा क्षेत्रीय अस्पतालका २४० बिरामीलाई फलफुल र मास्क प्रदान गरिएको छ । कोभिडको दोस्रो लहर फैलिएसँगै पोखरामा रोटरीले मनिपालमा रहेको कोभिड सेन्टर सेवा पुर्वअध्यक्ष मिनु श्रेष्ठ कुवँरले सञ्चालन गर्नुका साथै विभिन्न संस्थालाई अक्सिजन सिलिन्डर निशुल्क वितरण गरेको थियो ।
यसैगरी पोखरा र रोटरी डिष्ट्रिक ३५२३ ताईवानका रोटरीयनहरुको पहलमा पोखरामा पाँच करोड रुपैयाँ मूल्य बराबरको अत्याधुनिक क्याथल्याब मेसिन प.क्षे अस्पताल पोखरामा आइसकेको छ । उक्त मिसिन चाँडै हस्तान्तरण गरिने पूर्वगभर्नर किरणलाल श्रेष्ठले जानकारी दिए ।