काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोही पनि मान्छे जन्मजात अपराधी नहुने तर्क गर्दै दिपक मनाङेबारे आफ्नो धरणा सार्वजनिक गरेका छन् ।
गण्डकी प्रदेशमा हालै मन्त्री नियुक्त भएका मनाङेबारे सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेको बेला नेता डा. भट्टराईले भने कोही पनि मान्छे जन्मजात अपराधी नहुने, समाज र राज्यले मान्छेलाई अपारधी बनाउने तर्क गरेका छन् ।
‘मेरो सुविचारित र अनुभवजन्य मान्यता छ, कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न। समाजरराज्यले मान्छेलाई अपराधी बनाउँछ। साथै वर्गीयरजातियरलैंगिक विभेद भएको समाजमा राज्यरसमाजको वर्चश्वशाली तप्काले उत्पीडितरबहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ। अतस् अपराधरअपराधी एक सापेक्ष अबधारणा हो’, उनले लेखेका छन् ।
मनाङे चर्चामा आएसँगै डा. भट्टराईलाई उनले भेटेको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको बारे पनि भट्टराईले प्रष्टीकरण दिएका छन् । उनले मनाङे गण्डकी प्रदेशको मन्त्री बन्ने क्रममा आफूसँग भेटेको बताएका छन् ।
डा. भट्टराईले मनाङेलाई रत्नाकरसँग तुलना पनि गरेका छन् । डाकु रत्नाकर बाल्मिकी बनेजस्तै मनाङे पनि परिवर्तन हुन सक्ने बताएका छन् ।
उनी लेख्छन्, ‘रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं । त्यसैले राजीव गुरुङहरूले नयँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने ? किन पूर्वाग्रह राख्ने ?’