Logo
Logo

गण्डकी प्रदेश : मुख्यमन्त्री आफैँ बजेट प्रस्तुत गर्दै


दृष्टि संवाददाता

1.5k
Shares

पोखरा । गण्डकी प्रदेश सरकारको बजेट र नीति तथा कार्यक्रम मूख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट प्रस्तुत गर्ने भएका छन् । अर्थमन्त्री समे उनै रहेकाले आफैँले बजेट प्रस्तुत गर्न लागेका हुन् । प्रदेश सरकारलाई ३१ जेठमा बजेट र नीति तथा कार्यक्रम ल्याउने बाध्यता छ ।

गण्डकी सरकारको प्रवक्ता कुमार खड्काले मुख्यमन्त्रीसँगै अर्थमन्त्रालय रहेकाले नीति तथा कार्यक्रम पनि उनैले वाचन गर्ने बताए । शनिबार गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका पोखरेलले शनिबार नै चार मन्त्रीले सपथग्रहण गराएका छन् भने अन्य मन्त्रीहरु नियुक्त गर्न बाँकी छ ।

आइतबार मुख्यमन्त्री पोखरेल नेतृत्वको बसेको पहिलो मन्त्रिपरिषद बैठकमा सरकारको प्रवक्ता तोकिएका खडेकाले मन्त्रिपरिषद बैठकले पूर्वमुख्यमन्त्री गुरुङलाई दिनुपर्ने सम्मानबारे ऐन बनाएर अघि बढ्नेबारेबतए ।

उनले भने, ‘पूर्व मुख्यमन्त्रीको मर्यादामा सम्मान, मर्यादामा कुनै कमी नहुने गरेर जाने गरी यहाँका स्रोत र साधनले सम्भव हुने गरी गर्नुपर्छ भन्ने हाम्रो सहमति छ ।’

प्रवक्ता खड्काले नवगठित सरकारले चाँडै विश्वासको मत लिने योजनामा रहेको पनि उनले बताए । बजेट र नीति तथा कार्यक्रमबारे निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेर अघि बढ्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्