Logo
Logo

जसपा ठाकुर पक्षको बैठक स्थगित


दृष्टि संवाददाता

1.4k
Shares


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षको आज बोलाइएको बैठक स्थगित भएको छ । स्रोतका अनुसार कार्यकारिणी सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव बैठकमा नआएपछि बैठक बस्न नसकेको हो ।

जसपा ठाकुर पक्षाले निर्वाचनमा आयोगमा बहुमत पुर्याएर दाबी पेस गर्न आइतबार बिहान ११ बजे बैठक बोलाइएको थियो । तर, बैठकमा मन्त्री यादव नआएपछि तत्कालका लागि बैठक स्थगित गरिएको बतइएको छ ।

जसपामा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच आन्तरिक विवाद बढ्दै गएपछि फुटको संघारमा पुगेका हुन् । यादव पक्षले तोकिएको ढाँचाअनुसार आयोगमा निवेदन दिइसकेको छ । तर, अहिलेसम्म ठाकुर पक्षले निर्वाचन आयोगले मागअनुसार कागजात बुझाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्