बुटवल । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश संसदीय दलले सरकारले पेश गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
सरकारका तर्फबाट प्रदेश प्रमुख धर्मनाथ यादवले २५ जेठमा प्रदेशसभामा नीति तथा कार्यक्रम परेका छन् । उक्त नीति तथा कार्यक्रम आज पारित गरिँदैछ ।
तर, जसपाले नीति तथा कार्यक्रम समयसापेक्ष र जनपक्षीय नरहेको भन्दै संसदीय दलकी प्रमुख सचेतक पूरमति ढेंगा मगरले पार्टीका ६ जना सांसदलाई पत्र पठाउँदै विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी छन् ।
सांसदहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल, सुमन शर्मा रायमाझी र संसदीय दलका नेता सहषराम यादवलाई पत्र पठाइएको हो ।
जसपासहित सबै विपक्षी दलहरुले सरकारको वैधतामाथि प्रश्न उठाउँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रदेशसभा बैठक बहिष्कार गर्दै आएका छन् ।