काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप ४६ जनाको मृत्यु भएको छ । योसँग नेपालका कोरोना संक्रमणाबाट मृत्यु हुनेको संख्या ८ हजार २२५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार देशभर गरिएको ७ हजार ५ सय १७ पीसीआर र ४ हजार ८ सय ८९ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ४ सय ७ जनामा संक्रमण पुष्टि भएको हो। पिसिआरमा १ हजार ६९४ र एन्टीजेनमा ७१३ जनामा पोजिटिभ देखिएको हो ।
यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९ हजार १ सय ८५ पुगेको छ । गत २४ घण्टामा ३ हजार ९९४ जना संक्रमित निको भएका छन् । यससँगै नेपालमा कोरोना संक्रिमत भई निको हुनेको संख्या पाँच लाख ३१ हजार १०५ पुगेको छ।