Logo
Logo

संवैधानिक परिषदले गरेका नियुक्ति रोक्न सर्वोच्चमा रिट


दृष्टि संवाददाता

11.9k
Shares

काठमाडौं । संवैधानिक परिषदले गरेका नियुक्ति सिफारिस रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अध्यादेश जारी गरी संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति सिफारिस गर्नु संविधान विपरीत रहेको भन्दै उनीहरुको नियुक्ति रोक्न माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन् ।

राष्ट्रपति विद्या देवी भण्डारीले गत वैशाख २१ गते मन्त्रिपरिषद्को सिफारिसमा दोस्रो पटक संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी गरेका थिए ।

अध्यादेश जारी भएपछि वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले लोक सेवा आयोगलगायत संवैधानिक आयोगमा २० जना पदाधिकारी नियुक्ति सिफारिस गरेको छ । उक्त सबै नियुक्ति सिफारिस राेक्न अधिवक्ता अर्यालले माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्