Logo
Logo

रूपन्देहीमा नेपालकै पहिलो लिक्विड अक्सिजन प्लान्ट बन्दै


दृष्टि संवाददाता

189
Shares

काठमाडाैं । करिब १ अर्बकाे लगानीमा नेपालमै पहिलो पटक रुपन्देहीमा लिक्विड अक्सिजन प्लान्ट निर्माण शुरू गरिएको छ । दैनिक ६० मेट्रिक टन अर्थात ७ हजार सिलिण्डर उत्पादन गर्ने लक्ष्यसहित शुरु गर्न लागिएको हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लिक्विड अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट रुपन्देहीको सिमरहवामा स्थापना गरिएको प्लान्टको शिलान्यास गरेसँगै प्लान्ट निर्माण सुरू भएकाे छ ।

रुपन्देहीको सिमरहवामा स्थापित उक्त प्लान्टबाट दैनिक ६० मेट्रिक टन अक्सिजन उत्पादन हुन्छ । त्यसबाट दैनिक सात हजार ठूला सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ ।

रुपन्देहीमा हाल तीनवटा अक्सिजन उद्योग छन् । दैनिक १ हजार १ सय २६ सिलिण्डर अक्सिजन उत्पादन गर्ने ती उद्योगको क्षमता छ ।

सरकारले यसअघि नै महामारीका कारण सिकिस्त बिरामी बढेपछि हरेक सय बेडको अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने निर्णय गरेको छ। सरकारी मात्र होइन निजी अस्पतालमा पनि अक्सिजन प्लान्ट जडानका लागि सहुलियत दिने, भन्सार छुट गर्ने लगायतको निर्णय सरकारले गरेको छ।

प्रतिक्रिया दिनुहोस्