Logo
Logo

युरोकप २०२० : इंग्ल्यान्ड र क्रोएसिया भिड्दै


दृष्टि संवाददाता

252
Shares

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । केहीबेरमा युरोपका दुई ठुला टिम इंग्ल्यान्ड र क्रोएसिया लण्डनस्थित वेम्बली स्टेडियममा प्रतिस्पर्धा गर्ने छन् ।

समूह ‘डी’ मा रहेको इंग्ल्यान्ड र क्रोएसिया जीत निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछन् । दुबै टिमलाई फाइनल पुग्ने टिमको रुपमा हेरिएको छ ।

गत संस्करणकाे विश्वकपमा उपविजेता बनेकाे क्राेएसियाकाे पहिलाे खेलमा नै सबैकाे ध्यान केन्द्रित हुनेछ ।

इंग्ल्याण्ड र क्रोएशिया अहिलेसम्म दशपटक खेल्दा इंग्ल्याण्डले पाँच पटक जित हात पारेको छ भने क्रोएशियाले तीन पटक नतिजा आफ्नो पक्षमा पारेको छ । २ खेल बराबरी भएका थिए । 

प्रतिक्रिया दिनुहोस्