Logo
Logo
जसपा विवाद

दुवै पक्षको कारवाही कानूनसम्मत नभएको निर्वाचन आयोगको ठहर


दृष्टि संवाददाता

315
Shares

काठमाडाैं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुबै पक्षको कारबाही कानुनसम्मत नभएको ठहर गरेको छ।

आज बसेको आयोगको बैठकले जसपा अध्यक्ष उपेन्द्र यादवले गरेको कारबाही र अध्यक्ष महन्थ ठाकुरले गरेको कारबाही कानुनसम्मत नभएको ठहर गरेकाे हाे ।

आयोगले कारबाहीलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिक गर्न नमिलेको बताउँदै राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २५ को उपनियम (६०) बमोजिम सो दलको पदाधिकारीको विवरण साविककै कायम रहेकोले प्रस्तुत निर्णयको जानकारी दलका दुवै अध्यक्षलाई दिने निर्णय गरेको हो।

उपेन्द्र यादव पक्षले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई कारबाही गरेका थिए। ठाकुरले उपेन्द्र यादवलाई कारबाही गर्दै आयोगमा दल दर्ताको किताब सच्याउन पत्र पठाएका थिए।

प्रतिक्रिया दिनुहोस्