Logo
Logo

नरोत्तम वैद्यविरुद्ध मकवानपुरमा जाहेरी दर्ता


दृष्टि संवाददाता

693
Shares

मकवानपुर । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता भएको छ। 

प्रधानमन्त्री ओलिविरुद्ध नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका उनीविरुद्ध जिल्ला युवा संघ मकवानपुरले जाहेरी दिएको हाे ।

वैद्यले शुक्रबार बसेको संसद बैठकमा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए।

उनको अभिव्यक्तिको आलोचना भएपछि शनिबारको बैठकमा वैद्यले आत्मालोचना गर्दै अभिव्यक्ति फिर्ता लिइसकेका छन्। संविधान धारा १८७ को अधिनमा रही प्रदेशसभामा पूर्ण वाक स्वतन्त्रताको प्रयोग गरेकाले मुद्दा दर्ता हुन नसक्ने बताएका थिए ।  तर अभिव्यक्ति स्वतन्त्रताको धारालाई टेकेर नै फौजदारी कसुरमा मुद्दा गरिएको पाइएको छ । 

यद्यपि उनले आत्मालोचना गरेर मात्रै नहुने पक्राउ गरेर कारबाही नै गर्नुपर्ने भन्दै संघले जाहेरी दर्ता गरेको हो। 

प्रतिक्रिया दिनुहोस्