Logo
Logo

सेयर बजारमा रेकर्ड, साढे १९ अर्बको कारोबार


दृष्टि संवाददाता

63
Shares

काठमाडाैं । नेप्से परिसूचक आज ३८ दशमलव ३२ अंकले बढेर २ हजार ९ सय ८३ दशमलव ११ विन्दुमा पुगेको छ । कारोबार रकममा पनि रेकर्ड कायम गरेको छ ।

ऐतिहासिक रकमको सेयर किनबेच हुँदा आज झन्डै ४० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ। सर्किट लाग्ने धेरैजसो कम्पनी फाइनान्स, विकास बैंक र जलविद्युत कम्पनीहरु छन्।

कुल २ सय २० कम्पनीको धितोपत्रको कारोबार भएकोमा ऋणपत्र र म्युचुअल फन्ड एकाइबाहेक सेयर कारोबार मात्र भएका कम्पनी १८२ वटा छन् । जसमध्ये १ सय ४ वटा कम्पनीका लगानीकर्ताहरुले आज कमाए भने चारवटाको कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेमा रहेका १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ। 

प्रतिक्रिया दिनुहोस्