Logo
Logo

तलब नपाएपछि नेपालगञ्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित


दृष्टि संवाददाता

567
Shares

काठमाडौं । कोरोना महामारीको बेला निरन्तर सेवामा खटिएका बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीले चार महिनादेखि तलब नभएको भन्दै आन्दोलन थालेका छन् ।

कर्मचारीले सोमबार बिहान प्रशासन शाखामा भेला भएर नियमित तलब, कोभिडको जोखिम भत्ता लगायत तत्काल प्रदान गर्न माग गर्दै प्रर्दशन गरेका छन् । फागुन महिनादेखि तलब भत्ता नपाएपछि आन्दोलित हुनुपरेको कर्मचारी बताएका छन् ।

असार २ गतेभित्र व्यवस्थापन पक्षले तलब भत्ता लगायतका माग पूरा नगरे कानुनी प्रक्रिया पूरा गरेर चरणबद्ध आन्दोलन गर्ने कर्मचारी चेतवनी दिएका छन् । कोभिडको समयमा काम गरेका डाक्टर, स्वास्थ्यकर्मी र सफाइकर्मीले फागुन महिनादेखिको तलब नपाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्