काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाएपछि शरीरमा फलामजन्य धातु टाँसिएको भन्दै सामाजिक संजालमा हल्ला फैसिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्ष्टीकरण दिएको छ ।
भारत महाराष्ट्र पुणेका एक व्यक्तिले कोरोना खोप लगाएपछि आफ्नो शरीर चुम्बक जस्तै भएको दावी गरेपछि नेपामला समेत यसबारे चर्चा सुरु भएको थियो ।
पछिल्लो समय टिकटक लयागत समाजिक संजालमा चम्चा र सिक्काहरु पाखुरामा टाँसेर प्रचार हुँदै आएको थियो । उनीहरुले कारोना विरुद्धको खोप लगाएपछि यस्ता धातुहरु टाँसिएको भन्दै प्रचार गर्न थालेपछि स्वास्थ्य मन्त्रालयले प्रस्ष्टीकरण दिँदै कोरोना विरुद्धको खोपले शरीर चुम्बकीय नबन्ने बताएको छ ।
मन्त्रालयले एक प्रचार सामग्री बनाएर कोभिड—१९ को खोपहरुमा कुनै प्रकारको धातु वा माइक्रोचिप्सहरु नहुने भएकाले यस्ता अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ ।
कोभिड—१९ को खोप सुरक्षित र प्रभावकारी भएकाले यसले स्वास्थ्यमा कुनै प्रतिकूल असर नगर्ने भएकाले महामारीको बेलामा भ्रमको पछि नलाग्न र नफैलाउन मन्त्रालयले सबैमा आग्रह गरेको हो ।
मन्त्रालयले बनाएको प्रचार सामग्री यस्तो छ–