Logo
Logo

नेफ्टाली बेनेट बने इजरायलको नयाँ प्रधानमन्त्री


दृष्टि संवाददाता

63
Shares

एजेन्सी । नेफ्टाली बेनेट इजरायलको नयाँ प्रधानमन्त्री बनेका छन् । आइतबार इजरायली संसदमा भएको मतदानमा विश्वासको मत प्राप्त गरेपछि उनले प्रधानमन्त्रीका रुपमा शपथ लिएका हुन् ।

यामिना पार्टीका नेता बेनेटले नेतान्याहुलाई एक भोटले हराए । बेनेटको विपक्षी गठबन्धनले ६० भोट प्राप्त गर्दा नेतान्याहुले ५९ सांसदको समर्थन प्राप्त गरे ।

सत्ता समीकरणसम्बन्धी सम्झौताका अनुसार उनी सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहने छन् । त्यसपछि येश अटिड पार्टीका नेता याएर लापिड थप दुई वर्ष प्रधानमन्त्री हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्