Logo
Logo

महान्यायाधीवक्तामार्फत सरकारले अदालत थर्काउन खाेजेकाे कांग्रेसकाे आरोप


दृष्टि संवाददाता

945
Shares

काठमाडाैं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले महान्यायाधिवक्तामार्फत सर्वोच्च अदालतलाई थर्काउन खोजेको आरोप लगाएको छ ।

कांग्रेसको संगठन विभागले प्रधानमन्त्री केपी शर्मा ओली असंवैधानिक कदम असफल भएपछि अत्तालिएर अदालतलाई थर्काउन खोजेको आरोप लगाएको हाे ।

सरकारको असंवैधानिक, अपरिपक्व र जनविरोधी कार्यविरुद्ध अदालतले देखाएको न्यायिक सक्रियताको कारण सरकार एकपछि एक राजनीतिक, संवैधानिक र कानुनी मोर्चामा पराजित हुँदै गएको कांग्रेसले जनाएको छ।

अत्तालिएको सरकार आफ्नो उद्देश्य पूरा नहुने देखेर महान्यायाधिवक्तामार्फत न्यायालयलाई धम्काउने अलोकतान्त्रिक प्रयासमा लागेको विज्ञप्तिमा उल्लेख छ। 

प्रतिक्रिया दिनुहोस्