Logo
Logo

ऐतिहासिक उचाइतिर सेयर बजार, ३ हजारमाथि नेप्से


दृष्टि संवाददाता

189
Shares

काठमाडाैं ।  सेयर बजारले सोमबार ऐतिहासिक उचाइ हासिल गरेको छ। नेप्से परिसूचकले तीन हजारको विन्दु पार गर्दै नयाँ रेकर्ड बनाएको हो।  

साताको दोस्रो दिन सोमबार नेप्से सूचक ४२ दशमलव ७२ अंकले बढेर ३ हजार २५ दशमलव ८३ अंकमा आइपुगेको हो । यो अहिलेसम्मको उच्चतम विन्दु हो।

यस दिन २ सय २१ कम्पनीको १ लाख ७५ हजार ४ सय ११ पटकको कारोबारमा १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार रुपैयाँ बराबरको ३ करोड ५० लाख २७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ६२ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, अपि पावर र हिमालयन डिष्टिलरीको ५० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया दिनुहोस्