Logo
Logo

परीक्षणको दायरा बढाउन मानव अधिकार आयोगको पत्र


दृष्टि संवाददाता

63
Shares

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना महामारी समुदायस्तरमा फैलिँदै जाँदा स्वास्थ्य परीक्षणको दायरामा कमी आएको र नागरिकको स्वास्थ्य जोखिममा पर्न गएको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सरकारलाई पत्राचार गरेको छ ।  

मुलुकका विभिन्न स्थानमा मानव अधिकारका दृष्टिकोणबाट अनुगमन गरी परीक्षणको दायरा बढाउन, खोपको व्यवस्थापन गर्न र महामारी नियन्त्रणमा गम्भीर हुन अनुरोध गर्दै आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको हो । 

कोभिड– १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै खोप लगाउने कार्यलाई व्यवस्थित गर्न, खोपमा लक्षित वर्गको पहुँच सुनिश्चित गर्न, समुदायस्तरमा परीक्षणको दायरालाई वृद्धि गर्न, कोभिसिल्डको पहिलो डोज लगाएकाहरूलाई दोस्रो डोजको व्यवस्था मिलाउन र खोप लगाउनुपर्ने सबै नागरिकलाई पर्याप्त हुने गरी व्यवस्था गर्न आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ ।

गत वर्षदेखि नै कोभिड– १९ तथा यसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले गर्दै आएको प्रयासका सन्दर्भमा मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गरी नेपाल सरकारलाई सिफारिस गर्दै आइरहेको आयोगका प्रवक्ता सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

विज्ञप्तिसहित :

प्रतिक्रिया दिनुहोस्