Logo
Logo

गर्भवतीलाई बारबर्दियाको उपहार, दुध सङ्कलन केन्द्रमा अनुदान


दृष्टि संवाददाता

189
Shares

बर्दिया । सुनौला हजार दिनका आमा तथा गर्भवतीलाई बारबर्दिया नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत उपहार वितरण गरेको छ । नगरपालिका नगरप्रमुख दुर्गाबहादुर थारुले पालिकाका विभिन्न सय जना गर्भवतीलाई उपहार वितरण गरिएको हाे।

पालिकाले उपहारस्वरुप प्रत्येक सुत्केरीलाई किटनासक झुल, घ्यु, सेनिटाइजर, मास्कलगायतको उपहार सामग्री दिएको हो । कोरोना महामारी संक्रमण फैलिने क्रममा रहिरहेका बेला गर्भवतीलाई नगरपालिकाले पोसिलो खाना र स्वास्थ्य सुरक्षा सामग्री दिइएको नगरका उपप्रमुख अञ्जु दहितले बताइन् ।

यो कार्यक्रम वडा नं. १, २, ४ र ५ मा लागु भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले पोसिलो खाना खाएमा बच्चाको दिमाग र शरीरको वृद्धि विकास हुने बताए ।

यसैगरी, नगरपालिकाले दुध संकलन केन्द्रमा दुई लाख बराबरको अनुदानको सामग्री वितरण वितरण गरेको छ । केन्द्रमा स्टपलाईजर, दराज, टेवल, कुर्सीहरु हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्