Logo
Logo

तीन पूर्वप्रधानमन्त्री निष्कर्ष- ‘सरकारले अदालतमा विचाराधिन मुद्दा प्रभावित पार्न खोज्यो’


दृष्टि संवाददाता

14.8k
Shares

काठमाडाैं । विपक्षी गठबन्धनका शीर्ष तीन नेताले अदालतमा विचाराधिन रहेको मुद्दालाई सरकारले प्रभावित पार्न खोजेको आरोप लगाएका छन् ।

सोमेबार कोटेश्वरस्थित पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल निवासमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपालबीच भएको भेटले सरकारबाट सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दालाई प्रभावित पार्न विभिन्न प्रपञ्च भइरहेको निष्कर्ष निकालेको हो ।

पूर्व प्रधानमन्त्रीहरूले सरकारलाई मुद्दालाई प्रभावित पार्ने कुनै किसिमकाे काम नगर्न पनि ध्यानाकर्षण गराएको छ ।

झण्ढै २ घण्टा लामो छलफलमा तीन नेताले राज्यका कतिपय अंग र केही संबैधानिक निकायहरूका भूमिकाको निष्पक्षता र निर्णय क्षमतामा आंशका समेत गरेका छन् ।

यिसहित बैठकले गरेका ६ निर्णयहरू यस प्रकार छन् ।

१. समसामयीक राजनीतिक घटनाक्रमको समीक्षा ।
२. वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न होइन राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवम् जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको हो’ भन्ने कुरामा पुनस्स्पष्टता ।
३. आपसी सम्बन्धबारे छलफल, एक आपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने प्रतिबद्धता ।
४. कोभिड महामारी र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण, तत्काल सबैलाई पुग्नेगरी कोभिड विरूद्धको खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउन माग ।
५. अदालतमा विचाराधिन मुद्धालाई प्रभावित गर्न सरकारले गरेका प्रयत्नवारे छलफल, अदालतको निष्पक्षतामा विश्वास, प्रभावित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण ।
५. राज्यका कतिपय अंग र केही संबैधानिक निकायहरूका भूमिकाको निष्पक्षता र निर्णय क्षमतामा आंशका, निष्पक्ष र समयमा निर्णय गर्न ध्यानाकर्षण ।
६. पूर्व प्रधानमन्त्री कमरेड झलनाथ खनालको स्वास्थ्य अवस्था बारे चासो, चिन्ता एवम् शीघ्र स्वास्थ्यलाभको कामना ।

प्रतिक्रिया दिनुहोस्