काठमाडौं । तीन जना पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच समसामयिक विषयमा छलफल भएको छ ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल निवास कोटेश्वरमा सोमबार साँझ भएको भेटमा अदालतमा विचाराधिन मुद्धा प्रभाव पार्ने प्रकृतिको कृयाकलापमा सरकार संलग्न रहेकोेदेखि विपन्न वर्गका लागि कोरोना राहत प्याकेज घोषणा गर्न माग गर्नेसम्मको विषयमा छलफल भएको छ ।
लामो समयको निषेधाज्ञाका कारण विपन्न वर्ग संकटमा परेको भन्दै तीन पूर्व प्रधानमन्त्रीले कोरोना राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
तीन पूर्व प्रधानमन्त्रीले छलफल गरेकोका ६ बुँदा यस्ता छन्–
१. तीन पूर्वप्रधानमन्त्री तथा तीन पार्टीका अध्यक्षत तथा वरिष्ठ नेताबीच समसामयीक राजनीतिक घटनाक्रमको समीक्षा ।
२. तीन नेताबीच ‘वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न होइन राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवम् जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको हो’ भन्ने कुरामा पुनःस्पष्टता र छलफल ।
३. आपसी सम्बन्धबारे छलफलका साथै एक आपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने प्रतिबद्धता जाहेर ।
४. कोभिड महामारी र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण, तत्काल सबैलाई पुग्नेगरी कोभिड विरूद्धको खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउन माग ।
५. अदालतमा विचाराधिन मुद्धालाई प्रभावित गर्न सरकारले गरेका प्रयत्नवारे छलफल, अदालतको निष्पक्षतामा विश्वास, प्रभावित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण ।
५. राज्यका कतिपय अंग र केही संबैधानिक निकायहरूका भूमिकाको निष्पक्षता र निर्णय क्षमतामा आंशका, निष्पक्ष र समयमा निर्णय गर्न ध्यानाकर्षण ।
६. तीन पूर्वप्रधानमन्त्रीको छलफलमा अर्का पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे चासो, चिन्ता एवम् शीघ्र स्वास्थ्यलाभको कामना !