१. २४ घण्टामा पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १० हजार ५२१ पुग्यो, २४ घण्टामा ५ हजार १४७ जना कोरोना संक्रमणमुक्त, देशभर गरी थप ५३ जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुग्यो ।
२. एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल, विपक्षी गठबन्धनलाई थप बलियो बनाउन सम्बद्ध दलका शीर्ष नेताहरुबीच सहमति, कोभिड महामारी र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने, तत्काल सबैलाई पुग्नेगरी कोभिड विरूद्धको खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउनसमेत सरकारसँग माग, अदालतमा विचाराधिन मुद्दालाई प्रभावित गर्न सरकारले गरेका प्रयत्नबारे छलफल ।
३. एमाले सुदूरपश्चिम संसदीय दलद्वारा ओली पक्षधर ७ जना सांसदलाई निलम्बन गर्ने निर्णय, पठानसिंह बोहरा, रतनबहादुर थापा, लिलाधर भट्ट, बलदेव रेग्मी, माया तामाङ बोहरा, नेपालु चौधरी र ग्याल्बोसिंह बोहरा निलम्बनमा, बोहरा र थापालाई १५ दिन, भट्ट र रेग्मीलाई १० दिन र अन्य चार जनालाई ७ दिन निलम्बन गर्ने निर्णय, दलको विधान नै वैधानिक नभएकाले त्यसको कुनै औचित्य नभएको निलम्बित सांसदको तर्क ।
४. गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको रिटको पक्षमा जारी गरिएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज, पुनरावेदन निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेश खारेज गर्ने आदेश, आदेशसँगै थापा प्रदेशसभा सदस्यबाट मुक्त ।
५. सर्वोच्च अदालतद्वारा ४ एमाले सांसदको पुनर्वहाली गर्न आदेश दिएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्राविधिक अल्पमतमा, मालेका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा सर्वोच्च अदालतको आदेश अनुसार नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा कायम रहेसँगै शाही अल्पमतमा, जम्मा १८ सांसदसहित मुख्यमन्त्री शाही अल्पमतमा देखिएकाले नीति तथा कार्यक्रम पारित हुनका लागि अब फेरि एमालेका सांसदले फ्लोर क्रस गर्नुपर्ने ।
६. उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले एउटै विद्यार्थीसँग पटक पटक भर्ना शुल्क असुल नगर्न अल्पकालीन अन्तरिम आदेश जारी, न्यायाधीश गणेशप्रसाद बरालको एकल इजलासले असार ७ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश, वीरगञ्जका कतिपय निजी विद्यालयले एक पटक एउटा विद्यालयमा भर्ना भइसकेका विद्यार्थीसँग सोही विद्यालयको अर्को कक्षामा प्रवेश गर्दा समेत भर्ना शुल्क लिने गर्दा अभिभावक मारमा ।
७. राष्ट्र बैंकले हटायो बैंकहरुलाई तोकेको कोटा, आवश्यकता हेरेर खोल्न पाइने, १० महिनामा निर्यात ३२ दशमलव २ र आयात २२ दशमलव ३ प्रतिशतले बढ्यो, जेठमा २५ अर्ब निक्षेप संकलन हुँदा ३१ अर्ब कर्जा लगानी, बैंकको कर्जा २३ दशमलव ८ प्रतिशतले बढ्यो, बाह्य आर्थिक सन्तुलन पनि बिग्रिन थाल्यो, विदेशी मुद्राको सञ्चिति घट्यो, चालु खाता घाटा चुलियो ।
८. वाणिज्य बैंक समूहले गति लिँदा सेयर बजारले ऐतिहासिक उचाइमा, तीन हजारको विन्दु पार गर्दै रेकर्ड, दिनभरीमा १८ अर्ब ८८ करोड रुपैयाँको सेयर किनबेच, ३ करोड ५० लाख २७ हजार कित्ता शेयर खरिदबिक्री, करिब १ दर्जन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार ।
९. युरोकपमा सोमबार तीन खेल, पहिलो खेलमा चेक रिपब्लिकद्वारा स्कटल्याण्ड पराजित, दोस्रो खेल ९ः ४५ मा पोल्याण्ड र स्लोभाकिया भिड्दै, मध्यरातमा स्पेनले स्वीडेनसँग प्रतिस्पर्धा गर्दै, नेपाली क्रिकेट टिमले यो साताको अन्तिमसम्ममा प्रशिक्षण सुरु गर्ने, दीपक मनाङेको अभिव्यक्तिप्रति राखेपको भर्त्सना, कारबाहीको माग ।
१०.र, इराकको मोसुलमा अर्को सामुहिक चिहान भेटियो, १ सय २३ जनाको अवशेष फेला, जी सेभेन राष्ट्रको सम्मेलनमा चीन रुष्ट,पाकिस्तानमा भारी वर्षा र हुरीका कारण १० जनाको मृत्यु, भारतमा थप ६७ हजार कोरोना संक्रमित, ३ हजार ८१९ संक्रमितको मृत्यु, इजरायलमा नेतान्याहुको सत्ता अन्त्य, नयाँ प्रधानमन्त्रीमा बेनेटले लिए शपथ ।