काठमाडौं । प्रदेश सरकारहरूले आज आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट ल्याउँदै छ । आज सबै प्रदेशहरूले बजेट ल्याउने तयारी गरिरहेका छन् ।
सातै प्रदेशमा नीति तथा कार्यक्रम आइसकेको छ । यसपटकको बजेट मुख्यगरी स्वास्थ्य क्षेत्रमा केन्द्रीत रहने बुझिएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रण प्रदेशहरूको पनि प्राथमिकतामा परेको हो ।
प्रदेशहरूका नीति तथा कार्यक्रममा विकास निर्माणका गतिविधिहरू लगायतमा पनि बजेट केन्द्रीत रहने देखिएको छ । प्रदेश नम्बर १ मा आज अपरान्ह ३ बजे प्रदेश सभा बैठक छ। उक्त बैठकमा बजेट आउनेछ ।
प्रदेश नम्बर २ मा आज अपरान्ह ४ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । बागमती प्रदेशमा अपरान्ह ३ बजे बस्ने प्रदेश सभा बैठकबाट बजेट आउने छ । यस्तै गण्डकीमा पनि आजै बजेट ल्याउने तयारी रहेको बताइएको छ ।
गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै बजेट पढ्ने तयारी गरेका छन् । अर्थ हेर्ने आर्थिक मामिला मन्त्रालय आफैँसँग राखेकोले बजेट पढ्न लागेका हुन्।