काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको छ । योसँग नेपालका कोरोना संक्रमणाबाट मृत्यु हुनेको संख्या ८ हजार ५०६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार देशभर गरिएको ७ हजार ४ सय ४९ पीसीआर र ५ हजार ८ सय ४१ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ७ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो । पिसिआरमा १ हजार ६ सय ८१ र एन्टीजेनमा १ हजार ६४ जनामा पोजिटिभ देखिएको हो ।
योसँगै कुल संक्रमितको संख्या ६ लाख १२ हजार २ सय २ पुगेको छ । गत २४ घण्टामा ४ हजार १ सय ८७ ना संक्रमित निको भएका छन् । यससँगै नेपालमा कोरोना संक्रिमत भई निको हुनेको संख्या ५ लाख ४० हजार ४ सय ३९ पुगेको छ।