Logo
Logo

सेयर बजारमा करेक्सन, साढे १६ अर्बको कारोबार


दृष्टि संवाददाता

126
Shares

काठमाडाैं । लगातार बढेर दैनिकजसो रेकर्ड बनिरहेको सेयर बजारमा मंगलबार सामान्य करेक्सन देखिएको छ।नेप्से सूचकमा करिब ४ अंकको करेक्सन देखिएको हो।

नेप्से सूचक ३ दशमलव ७२ अंकले घटेर ३ हजार २२ दशमलव ११ विन्दुमा झरेको हो। यस दिन २ सय २६ कम्पनीका ३ करोड ९ लाख ४८ हजार कित्ता शेयर किनबेच भएर १६ अर्ब ५२ करोड रुपैयाँ बराबरको काराेबार भएकाे छ।

तीन कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सिईडिबी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र युनियन हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ। यस्तै ओरेन्टल होटल र एचआईडिसीएलको पनि शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले बढेका छन्।

मंगलबार कारोबारमा आएका १३ उपसमूहको सूचकमध्ये ८ उपसमुहको सूचक नकारात्मक बन्दा ५ उपसमूहको सूचक मात्रै सकारात्मक देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्