Logo
Logo

आज राति देशभर मध्यम र भीषण वर्षाको सम्भावना


दृष्टि संवाददाता

63
Shares

तस्वीर : सामाजिक सञ्जाल

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले महाशाखाले मंगलबार साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति देशका अधिकांश स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने भारी वर्षा हुने सम्भावना छ भने गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।

मौसमविद्का अनुसार ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी तथा १०० मिलिमिटरभन्दा माथिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ। महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्