काठमाडाैं । मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको छ । पहिरोले खोला थुनिएपछि स्थानीयवासीमा भागदाैड मच्चिएकाे छ ।
लगातारकाे वर्षा र परीक्षण क्रममा रहेको मेलम्ची आयोजनाको सुरुङको पानी पनि आजै खोलामा छोडिँदा उर्लिएकाे खाेलाका कारणा पहिराे गएकाे हाे ।
पहिरोले मेलम्चीको आयोजनाको सुरुङमा क्षति पुगे/नपुगेको पनि यकिन हुन बाँकी छ ।