१. नेपालमा कोरोना भाइरसको संक्रमणको दर घट्ने क्रम जारी, पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ४५ जना व्यक्ति कोरोना संक्रमित, देशभर ४१ जना संक्रमितको मृत्यु, देशभर ४ हजार १८७ जना संक्रमित निको, नेपालमा हालसम्म ५ लाख ४० हजार ४३९ जना संक्रमित निको ।
२. संवैधानिक प्रावधान अनुसार सात वटै प्रदेशले ल्याए आगामी आर्थिक वर्षको बजेट, सबैभन्दा ठूलो बजेट बागमती र सानो कर्णालीको, आर्थिक वृद्धिदर ३ दशमलव ६ प्रतिशत पुग्ने प्रदेश १ को अनुमान, बजेट टेबल गर्न प्रदेश २ मा प्रतिपक्षीको अवरोध, वागमती प्रदेशको बजेट ५७ अर्ब ७२ करोड ९ लाख हाराहारीको, गण्डकी सरकारले गम्भीर रोगका विरामीलाई मासिक चार हजार उपचार खर्च दिने, लुम्बिनी सरकारले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने, गतवर्ष भन्दा पौने दुई अर्ब बढी कर्णालीको बजेट, सात प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य ।
३. आगामी ३ दिन भारी वर्षाको सम्भावना, नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह, रसुवामा भोटेकोसी उर्लियो, आसपासका बस्ती जोखिममा, पहिरोका कारण बझाङ, डोटी, पाल्पा र रुपन्देहीका केही स्थानमा सडक अवरुद्ध, रायणी नदीमा पानीको सतह खतराको तहभन्दा माथि गएपछि गणडक ब्यारेजका सबै ढोका खोलिए, मनाङको सदरमुकाम चामेमा बाढीले ६ घर बगायो ।
४. सर्वोच्च अदालत बार एसोसिएसनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासका लागि दुइ जनाको नाम सिफारिस, एमीकस क्युरीमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाश केसीलाई पठाउने निर्णय, प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ गरिरहेको संवैधानिक इजलासले जेठ २६ गते सर्वोच्च अदालत बार एशोसिएसन र नेपाल बार एसोसिएसनबाट दुई–दुई जना वरिष्ठ अधिवक्तालाई एमीकस क्युरी झिकाउने आदेश दिए अनुसार नाम सिफारिस ।
५. निर्वाचन आयोगले लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धति तिरस्कार गरेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको आरोप, जसपा विवादमा बहुमतको निर्णयअनुसार आयोगले दलसम्बन्धी विवरण अद्यावधिक नगरेकोमा अध्यक्ष यादवले निर्वाचन आयोगको भूमिकामाथि नै उठाए प्रश्न, पार्टीभित्र उत्पन्न विवादका विषयमा छलफल गर्न र महत्वपूर्ण निर्णय लिनका लागि भन्दै यादवले बोलाए केन्द्रीय कार्यकारिणीको बैठक ।
६. चिकित्सा शिक्षा आयोगका पूर्वउपकुलपतिलहरुद्वारा पदीय मर्यादा र विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न सरकारसँग माग, आफ्ना निकायहरूमार्फत् विधिअनुरूप काम गर्न दिन सरकारको ध्यानार्कषण, आयोग र विश्वविद्यालयका पदाधिकारीलाई सम्बन्धन दिन सहमत नहुने भए पद छोड्न समेत धम्की दिनु जायज नभएको तर्क, पूर्वउपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नवीनप्रकाशजंग शाह, तोरणबहादुर कार्की, कैलासनाथ प्याकुरेल, खगेन्द्र भट्टराई, महेश्वरमान श्रेष्ठ, हिराबहादुर महर्जन, जयराज अवस्थी र नरेशमान बज्राचार्यले विज्ञप्ति जारी ।
७. सर्वोच्च अदालतद्वारा सरकारलाई राजस्व संकलनमा रहत, जेठ ५ गते दिएको अन्तरिम आदेश सच्याउँदै अदालतद्वारा आन्तरिक राजस्व विभागलाई कर उठाउने सूचना प्रकाशित गर्न स्वीकृति प्रदान, न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले अघिल्लो अन्तरिम आदेश आंशिक पुनरावलोकन गर्दै अन्तरिम आदेश नै खारेज ।
८. दुई दिनमा ८१ अंकको वृद्धिपछि करिब ४ अंकको करेक्सन, ३ कम्पनीको शेयर सकरात्मक सर्किट लेभलमा कारोबार, नेपाल धितोपत्र बोर्डले सार्वजनिक गर्याे शेयर बजारमा जोखिमपूर्ण कम्पनीको सूची, साउनदेखि एकीकृत कारोबार गर्न आधा दर्जन कम्पनीलाई चटारो, हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई भने अझै चार महिना लाग्ने, ११ महिनामा लक्ष्यको ८० प्रतिशत राजस्व उठ्यो, खर्च भने ६२ प्रतिशत मात्रै, संशोधित लक्ष्य भेटाउन मुस्किल ।
९. नेपालको फिफा वरीयता सुध्रियो, तीन स्थान सुधार्दै १ सय ६८ औं स्थानमा पर्न सफल, युरोकपमा आज दुई खेल हुँदै, पोर्चुगलले हंगेरी र फ्रान्सले जर्मनीको सामना गर्दै, दुवै टीमलाई पहिलो खेलमा जीत निकाल्न चुनौती, आर्चरीले ओलम्पिक छनोट गुमाउन, स्पेन टूरका लागि नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण विहीबारदेखि सुरु हुने ।
१०.र, भारतमा दोश्रो लहरमै कोरोना भाइरसको परिस्कृत डेल्टा प्लस भेरियन्ट फेला, बेलायतमा कोरोनाको नयाँ भेरिएन्ट भेटिएपछि लकडाउन लम्बियो,चीनले सुरक्षा जोखिम निम्त्याएको नेटो नेताहरुको ठहर, चुनौती दिने चेतावनी, म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सूकीलाई नियन्त्रणमा राखिएको चार महिनाभन्दा बढी समयपछि अदालतमा सुनुवाईका लागि लगियो ।