Logo
Logo

आज पनि देशभर भारी वर्षा हुने, बाढीपहिरोको खतरा बढ्यो


दृष्टि संवाददाता

315
Shares

काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोले क्षति पुर्याइरहेको बेला आज देशभर भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

दिनभर वर्षा हुँदा बाढीपहिरोको जोखिम हुने भन्दै नदी आसपासका क्षेत्रमा सजग रहन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार बुधबार बागमती, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा भारी वर्षा हुनेछ । त्यसैगरी आज राती पनि कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केहि क्षेत्रमा धेरै भारी वर्षा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्