काठमाडौं । नेपाल तरुण दलले बाढी पहिरोबाट विपत्तिमा परेकाहरुको उद्धार तथा राहतको काममा जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।
बुधबार तरुण दल अध्यक्ष जितजंग बस्नेतले सबै जिल्ला समितिहरुलाई परिपत्र गर्दै सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी उद्धार तथा राहतको काममा जुट्न निर्देशन दिएका हुन् ।
‘आफ्नो जिल्ला, क्षेत्रमा हुन् सक्ने विपद जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण युवा साथीहरुलाई नेपाल तरुण दल केन्द्रीय समिति निर्देशन गर्दछ,’ परिपत्रमा भनिएको छ ।
सामाजिक संघ संस्थाहरु एवं मातृपार्टी र अन्य भातृ संगठनसँग पनि आवश्यक समन्वय र सहकार्य गर्न अध्यक्ष बस्नेतको निर्देशन छ ।