Logo
Logo

जसपा अध्यक्ष यादवले बोेलाए बैठक


दृष्टि संवाददाता

567
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणीको बैठक बोलाएका छन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुग्दै गर्दा छलफल गर्न भन्दै अध्यक्ष यादवले बिहीबार (भोली) साढे ११ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठकमा उपस्थित हुन केन्द्रीय कार्यकारिणी समितिका सबैलाई खबर गरिएको छ । अर्का अध्यक्ष महन्थ ठाकुर नेतृत्वको समूह अहिले सरकारमा छ ।

यादव पक्षले ठाकुरसहित चार जना नेतालाई पार्टीबाट निष्कासन गरेकोमा निर्वाचन आयोगले सदर नहुने निर्णय गरेको थियो । बैठकमा आयोगको निर्णयपछि उत्पन्न परिस्थितिबारे छलफल हुने जसपा नेताहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्