काठमाडौं । मनसुन सुरु भएसँगै देशभर बाढी पहिराले वितण्डा मच्चाएको छ । मंगलबार दिनभरी वर्षा भएसँगै नदी किनाराका बस्तीहरु डुवानमा परेका छन् भने धेरै जसो बस्ती जोखिममा परेका छन् ।
मंगलबारको वर्षाले सिन्धुपाल्चोकको मेलम्ची बजारमा बाढी पस्दा दर्जनौँ घरमा क्षति भएको छ भने सात जना बेपत्ता भएका छन् । अहिले त्यहाँ नेपाली सेना र प्रहरीले उद्दार कार्य जारी राखेको छ । बाढी पहिराका कारण कति क्षति भयो भन्ने विवरण आएको छैन ।
यस्तै बाढीका कारण मेलम्ची खानेपानीको ड्याम भत्काएको छ । मेलम्ची खानेपानीका काम गर्ने मजदुरको क्याम्प समेत बाढीले बगाएको छ । यस्तै, मनाङमा बाढी पहिराका कारण सयौँ अलपत्र परेका छन् । बस्ती डुबानमा परेको छ । नदीहरुको वहाव बढ्दै गएको छ । अझै तीन दिन वर्षा हुने मौसम पूर्वाअनुमान महाशाखाले जनाउँदै सर्तकता अपनाउन अनुरोध गरेका छ । तस्बिरहरु रासस र सामाजिक सजाल