Logo
Logo

बाढी पीडितकाे उद्धार गर्न देउवाकाे सरकारलाई आग्रह


दृष्टि संवाददाता

315
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

देउवाले एक विज्ञप्ति जारी गर्दै सिन्धुपाल्चोकको मेलम्चीसहित देशका विभिन्न स्थानमा बाढी पहिरोका कारण उत्पन्न समस्या युद्धस्तरमा हल गर्न भनेका हुन् ।

देउवाले युद्धस्तरमा उद्धार, हराएकाहको खोजी, मानिसहरुलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको काममा सक्रियतासाथ लाग्न सरकारलाई आग्रह गरेका हुन् ।

सभापति देउवाले पार्टी पंक्तिलाई पनि उद्धार राहत लगायतका काममा लाग्न निर्देशन समेत दिएका छन् । केही दिनदेखि परेको अविरल वर्षाका कारण मनाङमा दर्जनौँ घर बगाउनका साथै सिन्धुपाल्चोकको मेलम्ची बजारलगायत अन्य क्षेत्रमा समेत क्षति र दर्जनौँ व्यक्ति वेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्