Logo
Logo

शेयर बजारमा पहिरो, फाइनान्स र हाइड्रोपावरको मूल्यमा उच्च गिरावट


दृष्टि संवाददाता

189
Shares

काठमाडाैं । मंगलबार नेपाल धितोपत्र बोर्डले लगानीको लागि जोखिम रहेको भन्दै ५१ वटा कम्पनीको नाम सार्वजानिक गरेपछि बुधबार शेयर बजारमा पहिरो गएको छ।

आज ७६ अंकसम्मको गिरावट आएर अन्त्यमा २ हजार ९ सय ६९ दशमलव ७० विन्दुमा कारोबार बन्द भयो । आजको बजारमा हाइड्रोपावर तथा फाइनान्स कम्पनीको सेयर मूल्यमा बढी प्रभाव परेको छ ।

चलखेल गरेर अस्वाभाविक मूल्य बढाएको भन्दै बोर्डले सूचीकृत गरेका कम्पनीमध्ये अधिकांश फाइनान्स र हाइड्रोपावर नै छन् ।

आज सीइडीबी हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो । सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ६० करोड बराबरको कारोबार भयो । माइक्रोफाइनान्सबाहेकका उपसूचक सबै रातो भएका छन् ।

प्रतिक्रिया दिनुहोस्